‘हाम्रो टिम नेपाल’द्धारा काठमाडौंका विभिन्न ठाउँमा खाना तथा खाद्यन्न वितरण

‘हाम्रो टिम नेपाल’द्धारा काठमाडौंका विभिन्न ठाउँमा खाना तथा खाद्यन्न वितरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – ‘हाम्रो टिम नेपाल’ले काठमाडौंका विभिन्न ठाउँमा खाना तथा खाद्यन्न वितरण गर्दै आइरहेको छ । लकडाउन भएसँगै ठेकेदार गायव भएपछि सबै होटल ब्यवसाय बन्द हुँदा राहत कुरेर बस्ने अवस्था आएपछि त्यस्ता मजदुरलाई ‘हाम्रो टिम नेपाल’ले निःशुल्क खाना तथा खाद्यन्न वितरण गर्दै आइरहेको हो ।

        

हरेक दिन बिहान–बेलुका निरन्तर मोटरसाइकलमा खाना लिएर हाम्रो टिम नेपाल मानव सेवा आश्रम हस्पिटल लगाएत विभिन्न ठाउँमा पुगीरहेका  छन् । हाम्रो टिम नेपालले विगत ४० दिनदेखि वेवारिसे तथा सडकमा भएका नागरिकलाई खाना खुवाउँदै आइरहेको छ ।

‘हाम्रो टिम नेपाल’का सहयोगीहरुले काठमाडौँको बौद्द होटल, हायत होटल, थापाथली हस्पिटल, बिर हस्पिटल, महांकाल मन्दिर, रातोपुल, सुकेधार, कोटेश्वर, छेत्रपाटी, सिभिल हस्पिटल, बालाजु, अनामनगर, गौरीघाट लगायत विभिन्न अस्पतालमा पुगेर भोकै पेट बस्न बाध्य बिरामी तथा कुरुवाहरुको छाक टारिदिएका छन्।

‘हाम्रो टिम नेपाल’ले दैनिक ३ सय देखि तीन सय पचास जना सम्मलाई खाना खुवाउने गरेको टिमका कोर्डिनेटर बिमल पन्त र मिलन कुमार बोगटीले जानकारी दिए । हाम्रो नेपाल टिममा लक्ष्मण धामी, भुमि अधिकारी, देब गुरुङ, सुरेस श्रेष्ठ, कविता पौडेल, बिनु थापा लगाएत रहेका छन् ।

दैनिक विभिन्न ठाउँमा पुगेर सेवा गर्दै आइरहेका टिमका सदस्यहरुले एक अर्कालाई सहयोग गरेर बाँच्ने हाम्रो संस्कार नमरेको बताउँदै विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसले मानिसमा मानवता पनि जगाएको बताए ।