काठमाण्डु – हाम्रो टिम नेपालले सिन्धुपाल्चोेक पहिरो पीडितलाई राहत वितरण गरेको छ । शुक्रबार बिहान सिन्धुपाल्चोेकको जुगल गाउँपालिका–२ लिदिमा गएको पहिरोका कारण प्रभावित भएकाहरुलाई हाम्रो टिम नेपालले शनिबार राहत वितरण गरेको हो ।

उपत्यकाका विभिन्न स्थानमा पुगेर कोरोना महामारीका कारण समस्यामा परेका नागरिकलाई खाना तथा खाध्यान्न वितरण गर्दै आइरहेको युवाहरुको समूहले यो पटक भने सिन्धुपाल्चोक पुगेर पहिरो पीडित परिवारलाई राहत वितरण गरेको हो ।

हाम्रो टिम नेपालका संयोजक बिमल पन्तको नेतृत्वमा काठमाण्डुबाट गएका मनकारी युवाहरु लक्ष्मणसिहं धामी, साजन श्रेष्ठ, उमेश बोहोरा,मिलन कुमार बोगटी, भुमिका रसाइली लगायतका युवाहरुले दैनिक चाहिने अत्यावश्यक सामानहरु चामल, नुन तेल, लगायत लत्ताकपडाहरु हस्तान्तरण गरेका हुन् ।

महामारीका रुपमा फैलिईरहेको कोरोना भाईरस र बाटोको असुबिधाका कारण पहिरो प्रभावित क्षेत्रमै पुग्न नसकेपनि सिन्धुपाल्चोकको चौतारा पुगेर त्यहाँबाट लिदीका वडाध्य्क्ष प्रताप लामाको पहलमा नेपाली सेनाको हेलिकप्टर मार्फत राहत पठाईएको हाम्रो टिम नेपालका सचिव लक्ष्मणसिहं धामीले जानकारी दिए ।

परदेशमा रहेरपनि निरन्तर सामाजिक काम गर्दै आएका सामाजिक अभियन्ताहरु ईशा गुरुङ र शोभा गुरुङको बिषेश सहयोगमा राहत हस्तान्तरण गरिएको टिमका सदस्य लक्ष्मणले जानकारी दिए । स्मरण रहोस् हाम्रो टीम नेपालले तनहुँका बाढी पीडित लाई पनि सिरक डसना तथा खाद्यान्न वितरण गरेको थियो ।





प्रतिक्रिया