काठमाण्डु – ह्याम्स अस्पतालले कोरोना भाइरसको परीक्षण सुरु गरेको छ । अस्पतालल कोरोना भाईरस (कोभिड–१९) को सशुल्क आर टी पिसिआर परिक्षण शुरु गरेको हो ।
अस्पतालले नेपाल सरकारले तोकेको शुल्क अनुसार नै परीक्षण गरेको जनाएको छ । सरकारले कोरोना परीक्षण शुल्क पाँच हजार पाँच सय तोकेको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा.ज्योतीन्द्र शर्माले पिसिआरको रिर्पोट १२ घण्टा भित्र उपलव्ध हुने बताएका छन् । बैदेशिक रोजगारीमा जाने व्यक्तिहरु, कुटनीतिक नियोगका कर्मचारीहरु, अन्य अस्पतालका विरामीहरुले समेत अस्पतालबाट सशुल्क कोरोना परीक्षण गर्न सकिनेछ ।
अघिका दिनमा पिसिआरको रिर्पोट आउन ३/४ दिन लाग्ने बाध्यताबाट मुक्त हुदै यसै अस्पतालमा आर टी पिसिआ परिक्षण शुरु भए पश्चात शल्यक्रिया गर्नु पर्ने, अन्य उपचारका प्रविधिहरु अपनाउनु पर्ने तथा आईसोलेसनमा राखेर उपचार गर्नु पर्ने विरामीहरुलाई प्रत्यक्ष फाईदा पुग्ने उनले बताए ।
कोभिड–१९ को विश्वव्यापी महामारीको विषम परिस्थितीमा समेत अस्पतालले नियमित रुपमा सेवा संचालन गरिरहेको छ ।
‘नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा विश्व स्वास्थ्य संगठनको मापदण्ड सदैव पूर्ण रुपमा पालना गरेको छ । यस अस्पतालको सेवालाई अझै स्तरीय बनाउने लक्ष्यका साथ अस्पताल परिसरमै अवस्थित मूल अस्पताल भवन भन्दा भिन्नै भवनमा पूर्ण सुरक्षित रुपमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृती प्राप्त गरी कोभिड–१९ आर टी पिसिआर परिक्षण शुरु गरेको जानकारी गराउँदा हामीलाई गर्व लागेको छ’, अस्पतालले भनेको छ ।




प्रतिक्रिया