काठमाण्डु – काठमाण्डु जिल्ला प्रशासन कार्यालयले दुइृ वटा निजी अस्पताललाई स्पष्टिकरण सोधेको छ । कोरोना भाइरस संक्रमितसँग चर्को शुल्क लिएको गुनासो आएपछि प्रशासनले काठमाण्डुका दुई ठूला निजी अस्पताललाई स्पष्टिकरण सोधेको हो ।
बुधबार कार्यालयले काठमाण्डु मेडिकल कलेज(केएमसी) र ह्याम्स अस्पतालसँग स्पष्टीकरण सोधेको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
सिडिओ पराजुलीले पत्र पठाएर के कसो भएको हो स्पष्टिकरण दिन भनेको बताए । केएमसीले कोरोना संक्रमितहरुको उपचारका लागि क्याबिन सिंगल बेडको प्रतिदिन २० हजार, डबल बेडको १० हजार, क्याबिन डिलक्सको २५ हजार र सुपर डिलक्सको ३० हजार शुल्क तोकेको छ ।
त्यस्तै ह्याम्स अस्पतालले कोरोना संक्रमित बिरामीलाई एउटा पत्र नै थमाएर उपचार शुल्क निर्धारण गरेको छ ।
ह्याम्सले जनरल वार्डको सात हजार, सेयरिङ रुपको १५ हजार, तीन वटा बेडका लागि ११ हजार, आइसोलेसन वा प्राइभेट रुमको २१ हजार, आइसोेलेशन डिलक्स रुमको २६ हजार, सुइट रुमको ५० हजार र आईसियू बेडको २२ हजार शुल्क निर्धारण गरेको छ ।




प्रतिक्रिया