चाइना फाउण्डेसनद्वारा कीर्तिपुर नगरपालिकामा ह्याण्ड वास स्टेसन सञ्चालन

चाइना फाउण्डेसनद्वारा कीर्तिपुर नगरपालिकामा ह्याण्ड वास स्टेसन सञ्चालन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – चिनियाँ गरिवी निवारण कोषको नेपालस्थित कार्यालयले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि कीर्तिपुर नगरपालिकामा १५ स्थानमा ह्यान्डवास स्टेसन सञ्चालनमा ल्याएको छ । यस अघि, धनुषा, ललितपुर र दक्षिणकाली नगरपालिकामा स्टेसन सञ्चालनमा ल्याएको कोषले कीर्तिपुर नगरका १५ स्थानमा पनि स्टेशन निर्माण गरेको जनाएको छ ।

कोषले कीर्तिपुरमा गत मंगलबार विशेषगरि मानिसहरुको धेरै भीडभाड हुने नयाँ बजार क्षेत्र, अस्पताल,प्रहरी कार्यालय लगायत विभिन्न १५ स्थानमा सरसफाईको सामग्री सहितको स्टेशन निर्माण गरेको हो । स्टेसनमा हात सरसफाईका लागि आवश्यक पर्ने पानी, ह्यान्ड स्यानिटाइजर लगायतका पर्याप्त सामग्री राखिएको कोषले जनाएको छ ।

चिनियाँ गरिबी निवारण कोष नेपालकी देशीय निर्देशक चौ च छियाङले कीर्तिपुरका विभिन्न १५ वटा सार्वजनिक स्थानमा झण्डै एक महिनालाई पुग्ने ह्यान्डवासका सामग्री हस्तान्तरण गरेको बताइन् ।

देशीय निर्देशक छियाङले कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन लगायत विभिन्न वडाका जनप्रतिनिधिहरुलाई एक कार्यक्रमबीच ह्यान्डवासका सामग्री हस्तान्तरण गर्नुभएको थियो । “सरकारसँग अनुमति लिएर काठमाडौं उपत्यकासहित २ सय स्थानमा ह्यान्डवास स्टेसनमा पर्याप्त मात्रामा सरसफाईका सामाग्री राखिने तयारीमा छौं ”, देशीय निर्देशक छियाङले भनिन्, “स्थानीय निकायसँगको सहकार्यमा सञ्चालनमा ल्याएका हौं,उहाँहरुले यो कार्यलाई सकारात्मक रुपमा लिनुभएको छ । साथै,यसको रेखदेख र संरक्षणको कामपनि स्थानीय समुदायबाटै हुनुपर्छ ।”

कोषले गुडविल फान्डेसनको सहकार्यमा यो कार्यक्रम अघि बढाएको हो । कोषले नेपालमा स्वास्थ्य,शिक्षा, गरिवीनिवारण,जिविको पार्जन लगायतको क्षेत्रमा काम गर्दै आइरहेको छ ।