हनुमानढोका दरबार क्षेत्रको तलेजु भवानी मन्दिर खुल्ला

हनुमानढोका दरबार क्षेत्रको तलेजु भवानी मन्दिर खुल्ला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाडौँको हनुमानढोका दरबार परिसरमा रहेको तलेजु भवानीको मन्दिर आज खुल्ला गरिएको छ । हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर खुल्ला गरिएकाे हाे ।

मन्दिर खुला गरेर भक्तजनलाई दर्शन गराउने तयारी हिजै पूरा भएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ ।

मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइएको छ । राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पले गतराति (आइतबार राति) तान्त्रिक विधिले कालरात्रि पूजा गरिएको जनाइएको छ ।