गुजरात कांग्रेसको कार्यकारी अध्यक्षमा हार्दिक पटेल नियुक्त


काठमाडौं–पछिल्लो समय कांग्रेस आईमा प्रवेश गरेर भारतीय नेता हार्दिक पटेल चर्चामा आएका थिए । एक पटक फेरी उनी चर्चामा आएका छन् । पटेल गुजरात प्रदेशको कांग्रेस कमिटिको कार्यकारी अध्यक्षमा नियुक्त भएका हुन् ।

पटेल भारतको कांग्रेस आईमा पार्टीमा सक्रिय थिए । पाटीदार आरक्षण आन्दोलनबाट उदाएका उनीविरुद्ध अदालतमा केस पनि चलिरहेको छ । उनको प्रभाब देखेर कांग्रेस अध्यक्ष सोनिया गान्धीले कार्यकारी अध्यक्षमा चुन्ने निर्णय लिएकी हुन् ।

एक्काशी गुजरात प्रदेशको कांग्रेस कमिटिको कार्यकारी अध्यक्षमा नियुक्त भएपछि भारतमा धेरैलाई आश्चर्यचकित बनाएको छ । पटेललाई ‘यति ठूलो जिम्मेवारी दिएर कांग्रेसले ठूलै चाल रचेको’ भन्दै भारतीय मिडियाले चित्रित गरेका छन् ।

सन् १९९३ जुलाई २० मा जन्मिएका उनले गुजरात विश्वविद्यालयमा अध्ययन गरेका हुन् । गत वर्ष गुजरातको सुरेन्दरनगर जिल्लामा भाषण गर्दागर्दै उनलाई जनआक्रोश सभामा एक व्यक्तिले थप्पड हानेका थिए । गान्धी, सरदार पटेल र नेहरुको आदर्शबाट प्रेरित भएको भन्न रुचाउँछन् ।

सन् २०१९ को लोकसभा चुनावमा कांग्रेसमा सामेल भएका थिए । १२ मार्च, २०१९ को गान्धीनगर जिल्लामा आयोजिक एक ¥यालीमा सहभागी उनलाई राहुल गान्धीले कांग्रेस आइ पार्टीमा प्रवेश गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement