अमेरिकामा ह्यारी भण्डारीले लिए वेदलाई साक्षी राखेर स्टेट डेलिगेटको सपथ

अमेरिकामा ह्यारी भण्डारीले लिए वेदलाई साक्षी राखेर स्टेट डेलिगेटको सपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली मुलका ह्यारी भण्डारीले हिन्दू धर्मावलम्वीको महान ग्रन्थ वेदलाई साक्षी राखेर स्टेट डेलिगेटको सपथ लिएका छन्। अमेरिकाको इतिहासमा हाउस अफ डेलिगेटमा विजयी हुने भण्डारी पहिलो नेपाली हुन्।

अमेरिकाको मेरिल्याण्ड राज्यको डिस्ट्रिक ८ को स्टेट डेलिगेटमा उनी विजयी भएका थिए। राजधानी एनापलिसस्थित स्टेट हाउसमा बुधबार अपरान्ह भण्डारीले पदको सपथ लिएका हुन्। उनले आफ्नो विजयलाई ‘कर्मभूमी अमेरिकाको मूलधारको राजनीतिमा नेपालीको उपस्थितिको मिर्मिरे बिहानी’ भनेका छन्।

‘यो विहानी ल्याउन योगदान पुर्याउने सबैप्रति कृतज्ञता प्रकट गर्छु,’ सपथ ग्रहरण समारोहमा उनले भने, ‘म त निमित्त मात्र हुँ। म यसको श्रेय मेरो जन्मभूमी र कर्मभूमीसँग साइनो गाँसिएका र यो अभियानमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका सबैसँग बाँढ्न चाहन्छु।’

आफू हिन्दू धर्मवालम्वी भएकाले वेदलाई साक्षी राखेर सपथ लिएको उनले बताए। गत जुन २६, २०१८ मा भएको प्रथम चरणको निर्वाचनमा डेमोक्र्याटिक दलका तर्फबाट उनि दोश्रो स्थान हासिल गरी बिजयी बनेका थिए। मूलुक बाहिर मूलधारको राजनीतिमा प्रवेश पाउने र सभासद बन्ने भण्डारी पहिला नेपाली मूलका हुन्।