सम्पत्ति शुद्धीकरण नीति पार्टी सभापतिको सांसद पद खोस्नमात्र प्रयोग भयो : सांसद ढकाल

सम्पत्ति शुद्धीकरण नीति पार्टी सभापतिको सांसद पद खोस्नमात्र प्रयोग भयो : सांसद ढकाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सम्पत्ति शुद्धीकरणको नीति रास्वपाका सभापतिको सांसद पद खोस्न मात्रै प्रयोग भएको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले ग्रे लिस्टको जोखिममा पर्न नदिन मात्र सम्पत्ति शुद्धीकरणको नीति ल्याएको बताएका हुन् ।

सरकारले पटक–पटक ल्याएको नीति तथा कार्यक्रममा नेपाललाई ग्रे लिस्टको जोखिममा पर्न नदिन सम्पत्ति शुद्धीकरणको नीति ल्याए पनि यहीबीचमा नेपाल ग्रे लिस्टमा परेको भन्दै उनले भने अनि सम्पत्ति शुद्धीकरण भन्ने नीति कहाँ प्रयोग भयोरु नयाँ दलको एउटा पार्टी सभापतिमाथि सांसद पद खोस्नलाई प्रयोग भएको छ।’