केपी ओली एमालेको ‘राजा’: विश्लेषक हरि रोका

केपी ओली एमालेको ‘राजा’: विश्लेषक हरि रोका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वाम विश्लेषक हरि रोकाले सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्री केपी शर्मा ओली एमालेको ‘राजा’ बनेको टिप्पणी गरेका छन् ।

शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत रोकाले सर्वोच्च अदालतले एमाले–माअ‍ोवादी केन्द्र ब्यूँताएपछि प्रधानमन्त्री ओली एमालेको ‘राजा’ भएको टिप्पणी गरेका हुन् ।

‘अदालतको पछिल्लो फैसला कसरी सर्वसत्तावाद मलजल गर्ने कू–देतामा परिणत भएछ । हेर्न धेरै पर्खनु परेन । फैसलाको हप्ता नबित्दै,ओली पुनरस्थापित एमालेको ‘राजा’बनेछन’, उनले भनेका छन् ।

विश्लेषक रोकाले प्रधानमन्त्री अ‍ोली पार्टीको एकल प्राधिकार, विधान पद्धति भन्दा माथि रहेको भन्दै केहीदिन प्रधानमन्त्री रहिरहे संविधानमाथि एकल बिजय प्राप्तगरेको घोषणा सुन्न पाइने समेत व्यंग्य गरेका छन् ।

‘पार्टीको एकल प्राधिकार,विधान पद्धति भन्दा माथि, केहीदिन प्रम रहिरहे संविधानमाथि एकल बिजय प्राप्त गरेको घोषणा सुन्न पाइनेछ । धेर्य गरौँ’, उनले भनेका छन् ।