काठमाण्डु – रक्षामन्त्री हरिप्रसाद उप्रेतीको बैँक खाता नभएको तथ्य सार्वजनिक भएको छ । सरकारले मंगलबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले सार्वजनिक गरेको प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरणमा रक्षामन्त्री उप्रेतीले पेस गरेको सम्पत्ति विवरणमा उनको वैँक खाता नै नभएको देखिएको हो ।
जबकी संघीय संसद् सचिवालयले सांसदलाई पारिश्रमिक भुक्तानी बैँक मार्फत गर्छ । उनी प्रतिनिधि सभा सदस्य हुन् ।
उनले सार्वजनिक गरेको सम्पत्रि विवरणमा भोजकुमारी उप्रेतीको नाममा पुख्र्यौली सर्लाहीका तीन स्थानमा जग्गा, २५ तोला सुन र एउटा गाडी मात्रै भएको उल्लेख छ ।
उनले आफैसँग नगद पैसा छ कि छैन भन्नेबारे पनि खुलाएका छैनन् । घर भएको नभएको बारे पनि कुनै खुलाएका छैनन् ।








प्रतिक्रिया