हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण


काठमाण्डु – वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

उनले आफू र श्रीमती रमिलालाई संक्रमण पुष्टि भएको जानकारी दिए । आचार्यले दुवै जनाको स्वास्थ्य अवस्था सामान्य भएको बताएका छन् ।

‘सामान्य लक्षण देखिएकोले हिंजो मेरो र मेरो श्रीमती रमिलाको पीसीआर टेष्ट गरेका थियौं । हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो’, उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement