प्रधानमन्त्रीका सल्लाहकार गजुरेलको राजीनामा एक महिनापछि स्वीकृत

प्रधानमन्त्रीका सल्लाहकार गजुरेलको राजीनामा एक महिनापछि स्वीकृत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार गत मंसिर २० देखि लागू हुनेगरी गजुरेलको राजीनामा स्वीकृत भएको हो ।

प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलले नियुक्त भएको १० महिनापछि गत २० मंसिरमा सुटुक्क राजीनामा बुझाएका थिए । राजीनामा दिएको एक महिनापछि स्वीकृत भएको हो ।