सिन्धुली- नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलको टिकट खोसिएको छ । यसअघि सिन्धुली २ बाट प्रतिनिधिसभा सदस्य रहेका गजुरेलको टिकट खोसेर माओवादी केन्द्रका जिल्ला अध्यक्ष राजन दाहाललाई टिकट दिइएको छ ।
माओवादी केन्द्रमा गजुरेल अध्यक्ष पुष्पकमल दाहालको आलोचना गर्दै आएका थिए । यअसघि माओवादीको केन्द्रीय कोषाध्यक्ष रहेका गजुरेल माओवादीका पुराना नेता हुन् । गजुरेल नेकपा हुंदा अध्यक्ष केपी शर्मा ओलीसंग निकट रहेको आरोप लागेको थियो ।




प्रतिक्रिया