माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलको टिकट खोसियो

माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलको टिकट खोसियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुली- नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलको टिकट खोसिएको छ । यसअघि सिन्धुली २ बाट प्रतिनिधिसभा सदस्य रहेका गजुरेलको टिकट खोसेर माओवादी केन्द्रका जिल्ला अध्यक्ष राजन दाहाललाई टिकट दिइएको छ ।

माओवादी केन्द्रमा गजुरेल अध्यक्ष पुष्पकमल दाहालको आलोचना गर्दै आएका थिए । यअसघि माओवादीको केन्द्रीय कोषाध्यक्ष रहेका गजुरेल माओवादीका पुराना नेता हुन् । गजुरेल नेकपा हुंदा अध्यक्ष केपी शर्मा ओलीसंग निकट रहेको आरोप लागेको थियो ।