चितवन – नेकपा एमालेका चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधि हरिप्रसाद सापकोटालाई निर्वाचन आयोगले मतदान गर्न दिएको छ । यसअघि नेकपा एमाले महाधिवेशन निर्वाचन आयोगका अधिकृतले परिचयपत्रमा त्रुटि देखाउँदै चितवनका सापकोटालाई मतदानबाट बञ्चित गरेका थिए ।
अधिकृतले सामान्य त्रुटिमा मत हाल्न नदिएपछि सापकोटाले आयोग र एमाले नेताहरुसँग कुरा गरेका थिए । सोपछि सापकोटाले मत हालेका हुन् । प्रतिनिधि परिचयपत्रमा मतदाता नामावली भएपनि पर्यवेक्षक समेत भएको भन्दै आयोगका अधिकृतले उनलाई मतदान गर्न रोकेका थिए । सापकोटा भूगोल अन्तर्गत चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधि हुन् ।




प्रतिक्रिया