हरिसिद्धिको ४ सय २० रोपनी जग्गा भू-माफियाको कब्जामा

हरिसिद्धिको ४ सय २० रोपनी जग्गा भू-माफियाको कब्जामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं –  ५४ वर्षअघि सरकारीकरण गरिएको ललिता निवासको १ सय १४ रोपनी जग्गा भू-माफियाले व्यक्तिको नाममा नामसारी गरेको प्रमाण सतहमा आएको केही दिनपछि ललितपुरमा ४ सय २० रोपनी जग्गा भू-माफियाले कब्जा गरेको तथ्य फेला परेको छ। हरिसिद्धि इँटा टायल कारखानाका सञ्चालकद्वय तथा एनबी समूहका जीतबहादुर र लक्ष्मीबहादुर श्रेष्ठले कारखानाको जग्गा हडपेको स्थानीयले बताएका छन्।

चिनिया सरकारको सहयोगमा बनेको कारखाना निर्माणका लागि विक्रम संवत २०२१ सालमा कृषकबाट अधिग्रहण गरिएको ४ सय २० रोपनी जग्गा मध्ये करिव ४ सय रोपनी जग्गा श्रेष्ठ दाजुभाई द्वय र विभिन्न व्यापारी, उद्योग प्रतिष्ठान तथा भू-माफियाले कब्जा गरेको पाइएको हो।

मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवास परिसरमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलको पनि जग्गा रहेको तथ्य फेला परेपछि भू माफिया, व्यापारी र राजनीतिक नेतृत्वबीचको अन्तर सम्बन्ध छताछुल्ल भएको थियो। यो समाचार आजको नागरिक दैनिकमा छ ।