बित्थडचिर-९ मा जनतासँग वडाअध्यक्ष कार्यक्रमः निशुुल्क उपचार गराउन पाउँदा बिरामी उत्साहीत

बित्थडचिर-९ मा जनतासँग वडाअध्यक्ष कार्यक्रमः निशुुल्क उपचार गराउन पाउँदा बिरामी उत्साहीत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- बझाङको बित्थडचिर गाउँपालिकामा रहेको सुनकुडा स्वास्थ्य चौकीमा विशेषज्ञ चिकित्सकद्वारा निः शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

जनतासँग वडाअध्यक्ष कार्यक्रम अन्तर्गत बित्थडचिर गाउँपालिका-९ मा रहेको सुनकुडा स्वास्थ्य चौकीमा विशेषज्ञ चिकित्सकद्वारा सनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

मुलनाराका साथ यहीँ असार १५ गते सनिवारका दिन बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन गरिएको शिविरमा स्त्री तथा प्रसूति रोग सम्बन्धि सेवा, जनरल मेडिसिन (फिजिसियन) सेवा ,आँखा दृष्टि सम्बन्धि सेवा प्रदान थियो ।

स्वास्थ्य सिविरसम्म पुगेर निशुुल्क उपचार गराउन पाउँदा यहाँका स्थानीय बासीहरु उत्साहीत भएका छन् । बित्थडचिर गाउँपालिका वडा नं ‌९ को आयोजना र नोभा हस्पिटल प्रा. ली. धनगढी र सुदृष्टि आँखा केन्द्र धनगढीको प्राबिधिक सहयोगमा शनिबार एक दिने निःशुल्क स्वास्थ्य शिविर गरिए हो । शिबिरमा स्त्री तथा प्रसुति रोग बिशेषज्ञ सेवा, जनरल फिजिसीयन, दन्त सेवा, दृष्टि बिशेश‌ज्ञ सेवा राखिएको थियो । ‌

शिविरमा निःशुल्क औषधी वितरण, सुगर जाँच, बिपी चेकजाँच , आँखा चेकजाँच, पाठेघरको मुखको चेकजाँच, दन्त सेवा ,वाथ रोग, ग्यास्टिक,नशा हाडजोर्नी तथा नशा रोग, नाक कान घाँटी चेकजाँच लगायत सेवा प्रदान गरिएको हो ।

निःशुल्क स्वास्थ्य शिविर सञ्‍चालन गर्नुमा वडा नं ९ का युवा वडाअध्यक्ष हरिसचन्द्र जोशीले प्रमुख भुमिका खेल्नु भएको छ । वडामा विशेषज्ञ डाक्टरको अभावमा कयौं रोगका बिरामीहरु उपचार गर्न धनगढी-काठमाडौं जानु पर्ने बाध्यता थियो।

वर्षायाम लागेसँगै बाटोघाटोको समस्या र आर्थिक अभावले यहाँका बिरामी घरमै थला परेका थिए । बिभिन्न रोग लागेर धनगढि काठमाडौँ सम्म पुगेर आर्थिक अवस्थाले चेक जाँच गर्न नपाएका नागरीकहरुको उपचार गर्ने उदेश्यले बृहत निःशुल्क स्वास्थ्य शिबिर सञ्चालन गरिएको बित्थडचिर गाउँपालिकाका प्रवक्तासमेत रहेका जोशीले जनाएका छन्। घर छेउमै बिभिन्न रोगको परिक्षण गर्न पाउदा बिरामीहरु खुसी भएका थिए ।

यही सेवा लिन धनगढी काठमाडौंसम्म पुग्नु पर्ने बाध्यतामा रहेकाले अहिले सुनकुडा स्वास्थ्य चाैकीमा बिशेषज्ञ डाक्टरहरुसँग चेकजाचँ गराउन पाउदा बिरामीहरु खुसी भएका हुन् ।

स्वास्थ्य शिबिरमा आँखा सम्बन्धी, मोति बिन्दु सम्बन्धीका बिरामी धेरै भेटिएका थिए । स्वास्थ्य शिबिरमा ३४९ जना विरामीले चेकजाँच गराएका थिए । जसमध्ये २७१ महिला र ७८ पुरुष रहेका छन् ।