काठमाण्डु – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा नवनिर्वाचित सांसद हर्क साम्पाङले संसद् बैठक कहिले बस्ने भनेर प्रश्न गरेका छन् ।
सामाजिक सञ्जाल फेसबूकमा लेख्दै उनले संसद्मा बोल्न पाउनुपर्ने संकेत गरेका छन् ।
उनले लेखेका छन्, ‘हेल्लो नेपाल सरकार … सदनको पैलो वेटक कैले हुन्छ ? हाउँरो बोल्नी पालो कैले आम्च ?’
नवगठित संसद्का सांसदहरूले शपथ ग्रहण गरिसकेपछि नयाँ सरकार गठन भइसकेको छ । तर संसद् बैठक कहिलेदेखि बस्ने भनेर अहिलेसम्म यकिन हुन सकेको छैन ।




प्रतिक्रिया