काठमाण्डु– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा नेता हुन लायकका मान्छे नभएको बताएका छन् ।
सोमबार काठमाण्डुमा आयोजित सभामा बोल्दै उनले देशमा कोही पनि नेता हुन लायकका मान्छे नदेखेको बताएका हुन् ।
उनले विगतका निर्वाचित नेताहरुले देशलाई दिशाहीन बनाएको र योग्य, भिजनयुक्त र जिम्मेवार नेतृत्व नदेखिएको भन्दै कडा आलोचना गरे ।
साम्पाङले भने, ‘अहिलेसम्म यो देशमा नेता हुन लायक मान्छे मैले देखिनँ।’‘यो देशमा हामीले आजसम्म चुनेको नेतामा भिजन थिएन। कसरी यो देशको अर्थतन्त्रलाई उठाउने भन्ने भिजन थिएन।’ उनको आरोप छ कि नेताहरूले विदेशी शक्तिको चाकडी गर्न, अलिकति अनुदान लिन र धेरै ऋण लिनमै आफूलाई सीमित गरे।
उनले नेपालको राजनीतिमा नेतृत्व भन्ने शब्द केवल पद र शक्तिमा सीमित भएको र देश विकासका लागि आवश्यक दृष्टिकोण नभएको प्रमाणित हुँदै आएको बताए ।
भ्रष्टाचार र अन्याय बढ्नु पनि गलत नेतृत्व चयनकै परिणाम भएको उनको निष्कर्ष छ। साम्पाङले अन्त्यमा भने, ‘हामी त्यस्ता मान्छेलाई चुनिरह्यौँ जुन मान्छेले भ्रष्टाचारमाथि भ्रष्टाचार गरिरहे, अन्यायमाथि अन्याय गरिरहे।’




प्रतिक्रिया