विराटनगर – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सयौं थुँगा फूलका हामी एउटै माला नेपाली भन्ने भावलाई आत्मसात गर्नुपर्ने बताएका छन् ।
शुक्रवार दिउँसो एक अपिल जारी गर्दै उनले धरानमा भइरहेको धार्मिक तथा सामाजिक विवादले अति नै संवेदनशील बनाइरहेको बताए ।
‘समाजमा देखिने अशान्ति विभेदले विचार, विधि र व्यवहारमा स्थान पाउँदै गएमा सामाजिक अन्तरसम्बन्ध खलबलिने, अन्तर्विरोध बढाउने, प्रतिशोध र द्वन्द्वलाई निम्त्याउँछ,’ उनले भने, ‘हाल देखिएको अशान्तिमय वातावरणमा सबैले संयमित र संवेदनशील भएर सबै पक्ष, समुदाय र हरेक नागरिकको भावना प्रतिबिम्बित हुने गरी आपसी सद्भाव, भाइचारा र एकता कायमका लागि सम्पूर्ण आम धरान नगरवासीहरूमा हार्दिक अपिल गर्दछु ।’





प्रतिक्रिया