धरानका मेयर हर्क साम्पाङविरुद्ध प्रहरीमा उजुरी

धरानका मेयर हर्क साम्पाङविरुद्ध प्रहरीमा उजुरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सामाजिक सञ्जाल फेसबूकमार्फत पत्रकारलाई धम्क्याएका धरान उपमहानगरपालिका नगर प्रमुख (मेयर) हर्कराज राई साम्पाङविरुद्ध प्रहरीमा उजुरी परेको छ ।

नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई र केन्द्रीय पार्षद् गोपाल दाहालले साम्पाङले दिएको धम्कीपछि ईलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका छन् ।

पीडितहरूले उजुरीमार्फत शान्ति सुरक्षाको माग गरेका छन् । साम्पाङले सामाजिक सञ्जालमा राई र दाहाललाई लक्षित गर्दै धम्कीपूर्ण टिप्पणी गरेकोमा पत्रकारिता क्षेत्रले आलोचना गरिरहेको छ ।

पत्रकार दाहालले खोज पत्रकारिता केन्द्रका लागि तयार गरेको ‘हर्क साम्पाङको मौन मौजी शासनः बेथितिको दलदलमा धरान’ समाचारप्रति असन्तुष्टि जनाउँदै साम्पाङले आक्रामक टिप्पणी गर्दै आएका थिए ।