हर्कले टेरेनन् सभामुखको आदेश, संसदमा फेरि पर्चा देखाएर मौन प्रदर्शन

हर्कले टेरेनन् सभामुखको आदेश, संसदमा फेरि पर्चा देखाएर मौन प्रदर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डू–हर्क राई नेतृत्वको श्रम संस्कृति पार्टीले मंगलबार पनि प्रतिनिसभा बैठकमा पचाृ देखाएर विरोध प्रदर्शन गरेको छ ।

सभामुख डोलप्रसाद अर्याल (डिपी)ले ‘बैठकको कारबाही प्रारम्भ हुन्छ’ भन्ने बित्तिकै श्रम संस्कृतिका संसदीय दलका नेता राईसहितका सांसद सभामुख आशसनको अगाडि उभिएर प्लेकार्डसहित मौन प्रदर्शन गरेका हुन् ।


केही सेकेण्ड उभिएपछि उनीहरु संसद बैठकमा सहभागी भए । लगत्तै सभामुख अर्यालले संसदमा विधिसम्मत विरोध र असहमति राख्न आग्रह गरे ।

संसद नियमावली, नियम र अभ्यासमा कतै पनि पर्चासहित संसदमा विरोध गर्ने उल्लेख नभएको भन्दै मर्यादामा रहेर विरोध गर्न ध्यानाकर्षण गराए ।

आफ्नो आग्रहलाई आदेशको रुपमा ग्रहण गरेर आगामी बैठकमा विरोधको शैली परिवर्तन गर्न उनले निर्देशन दिए ।

प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने माग राखेर यसअघि सोमबारको बैठकमा पनि श्रम संस्कृतिका सांसदले सोही शैदीमा पर्चा देखाएका थिए ।