काठमाण्डु– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको निर्वाचनमा सुनसरी–१ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।
बुधबार सामाजिक सञ्जालमा लेख्दै उनले सुनसरी १ बाटै उमेद्वार बन्ने घोषणा गरेका हुन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘म सुनसरी क्षेत्र– १ बाटै प्रतिनिधि सभाको चुनाव लड्नेछु ! जय माटो ! जय देश ।’
यसअघि सुनसरी १ बाट एमाले जसपा गठबन्धनबाट अशोक राई निर्वाचित भएका थिए ।




प्रतिक्रिया