सुनसरी-१ : रास्वपालाई हराउँदै हर्क साम्पाङ विजयी

सुनसरी-१ : रास्वपालाई हराउँदै हर्क साम्पाङ विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुनसरी–१ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

उनले ३५ हजार ७४१ मत प्राप्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार गोमा तामाङलाई पराजित गरेका हुन् ।

निर्वाचनको अन्तिम मतपरिणाम अनुसार रास्वपाकी तामाङले २७ हजार २४९ मत प्राप्त गरेकी छन् । राईले तामाङलाई ८ हजार ४ सय ९२ मतको अन्तरले पराजित गरेका हुन् । धरान उपमहानगरपालिकाका मेयरबाट राजिनामा दिएर राई यस पटक प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका थिए ।

स्थानीय तहबाट राष्ट्रिय राजनीतिमा प्रवेश गर्दै उनले पहिलो पटक संसदीय यात्रा तय गरेका हुन् । निर्वाचन परिणाम सार्वजनिक भएसँगै उनका समर्थकहरूले धरानमा विजय उत्सव मनाएका छन् ।

राईले आफ्नो जितलाई जनताको परिवर्तनको चाहना र विश्वासको परिणाम भएको बताएका छन् ।