काठमाण्डौं–श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले रक्षा मन्त्रालयको बजेट पुस्तिका संसदलाई उपलब्ध नगराई विनियोजन विधेयक पारित भएको भन्दै आपत्ति जनाएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै राईले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सम्हालेको रक्षा मन्त्रालयको बजेट पुस्तिका सदनमा वितरण नगरिएको विषयमा ध्यानाकर्षण गराए ।
विनियोजन विधेयक–२०८३ बिहीबार बहुमतले पारित भइसकेको छ ।
‘रक्षा मन्त्रालयको बजेट पुस्तिका छलफलका लागि संसदमा नदिई विनियोजन विधेयक पारित भयो । अचम्मै भयो यसपालि रक्षा मन्त्रालयको बजेट पुस्तिका कहिले पाउने हो कि नपाउने हो कि ? अर्थमन्त्री यहीं हुनुहुन्छ, प्रश्न गर्न चाहन्छु’, राईले भने ।




प्रतिक्रिया