काठमाण्डु- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाण्डुका मेयर बालेन्द्र साह बालेनसँग भेट हुँदा उनीसँगै नाच्ने बताएका छन् ।
दुई दिनअघि बालेनले आफ्नो फेसबुक स्टाटस शेयर गरेपछि हर्कले आज फेसबुकमा लेख्दै भेट हुँदा नाचेर देखाउने बताएका हुन् । उनले आफूहरु मिलेको हेर्न चाहने धेरै रहेको दावी गरे ।
‘हर्क साम्पाङ र बालेन मिलेको हेर्न चाहने धेरै रैछन । हामी बाझेको नै कहिले थियौँ र । अब हाम्रो भेट हुँदा छमछमी नाचेरै देखाउनु पर्ला ’, उनले फेसबुकमा लेखेका छन् ।
काठमाण्डु महानगरको फोहोर व्यवस्थापनबारे टिप्पणी गरेपछि यी दुई स्वतन्त्र मेयरहरुबीच वाक युद्ध चलेको थियो ।




प्रतिक्रिया