धरानमा फेरि स्वतन्त्र उम्मेदवार साम्पाङले लिए अग्रता

धरानमा फेरि स्वतन्त्र उम्मेदवार साम्पाङले लिए अग्रता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले फेरि अग्रता लिएका छन् । पछिल्लो मतपरिणामअनुसार साम्पाङले कांग्रेसका उम्मेदवार किशोर राईलाई २१० मतले पछि पारेका हुन् ।

साम्पाङले अहिलेसम्म ८ हजार ६८९ मत पाएका छन् । कांग्रेसका राईले ८ हजार ४७९ मत ल्याएका छन् ।नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारीले ६ हजार ९४६ मत ल्याएर तेस्रो स्थानमा छन् ।

अहिले वडा नं. ८, १२ र १९ को मतगणना भइरहेको छ। वडा १, २, ३, ४, ५, ६,७ र ९ वडाको मतगणना भइसकेको छ।