नेपाल–भारतका पुस्ताप्रति हामी जवाफदेही छौंः हर्षवद्र्धन श्रृंगला

नेपाल–भारतका पुस्ताप्रति हामी जवाफदेही छौंः हर्षवद्र्धन श्रृंगला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगलाले नेपाल–भारतबीच मिलेर काम गर्नुपर्ने बताएका छन् ।

शुक्रबार एसियन इनस्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल अफेयर्सले शुक्रबार काठमाण्डुमा गरेको कार्यक्रममा उनले नेपाल र भारतका पुस्ताप्रति आफूहरु जवाफदेही भएको बताउँदै घनिष्ट मित्रको रुपमा सँगै काम गर्नुपर्ने बताएका हुन् ।

‘नेपाल र भारतका पुस्ताप्रति हामी जवाफदेही छौं । घनिष्ट मित्रको रुपमा सँगै काम गर्नुपर्छ’, उनले भने ।

सचिव श्रृंगलाले कोरोना भाइरसको महामारीवरुद्ध दुवै देश मिलेर अघि बढ्नुपर्ने बताएका छन् । उनले भारतले खोपको काम गरिरहेको र नेपाललाई पनि उपलब्ध गराउने बताए ।

‘जब खोप आउँछ, नेपालको आवश्यकता पूरा गर्ने हाम्रो प्राथमिकता हुनेछ,’ उनले भने ।

उनले भारतले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वमा नयाँ भारतको सपना देखिरहेको बताउँदै नेपाललाई भारतको यात्राको हिस्सा बनाउन चाहने बताए ।

‘हामीले भारतमा मात्र होइन परपरसम्म हेरेर सपना देखिरहेका छौं। हामी यो सपनालाई वास्तविकतामा बदल्न निरन्तर मेहनत गरिरहेका छौं र नेपालका मित्रहरूलाई हाम्रो यात्राको हिस्सा बनाउन चाहन्छौं,’ उनले भने,‘हामी यो एक्लै गर्न सक्दैनौं जसरी तपाईंहरू आफ्नो सपना एक्लै पुरा गर्न सक्नुहुन्न । हाम्रो क्षेत्रमा, दक्षिण एसियामा, हामी एक–अर्कामा निर्भर छौं, एक–अर्कालाई चाहिन्छौं ।’

दुई दिने भ्रमणका लागि बिहीबार काठमाण्डु आएका उनले परराष्ट्र सचिव भरतराज पौड्याल, राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री के पी शर्मा ओली तथा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतले नेपाली भूमि अतिक्रमण गरेपछि चिसोपना आएको दुई देशको सम्बन्ध विदेश सचिव श्रृंगलाको भ्रमणले सुधार गर्ने अपेक्षा गरिएको छ ।