चीन सम्बन्धको आरोपमा हार्भर्ड केमिस्ट्री प्रमुख पक्राउले अनुसन्धाकर्मी दुखी

चीन सम्बन्धको आरोपमा हार्भर्ड केमिस्ट्री प्रमुख पक्राउले अनुसन्धाकर्मी दुखी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी- हार्भर्ड विश्वविद्यालयका प्रख्यात रसायनशास्त्री र न्यानो टेक्नोलोजी अग्रगामी चार्ल्स लाइबरको गिरफ्तारीमा अनुसन्धानकर्ताहरूले दुःख व्यक्त गरेका छन् । उनीमाथि अमेरिकी सरकारले चीनबाट अनुसन्धान कोष प्राप्त गर्ने बारेमा झूटो बयान दिएको आरोप लगाइएको छ ।

लाइबर नयाँ न्यानो सामग्री बनाउने र आफ्नो सिर्जना औषधी र जीवविज्ञानमा प्रयोग गर्ने व्यक्तिको रुपमा चिनिदै आएका छन् । उनलाई जनवरी २८ मा पक्राउ गरिएको थियो । त्यसको दुई दिनपछि संघीय न्यायधीशले १० लाख डलरको घरौटीमा उनलाई रिहा गरेका थिए ।

उनीमाथि चीनको ‘थाउजेन्ट ट्यालेन्ट प्लान’मा सहभागी भएको आरोप लगाइएको थियो । यो प्रतिष्ठित कार्यक्रमले प्रमुख विद्वत व्यक्तिलाई देशमा भर्ना गर्ने लक्ष्य लिएको थियो । लाइबरले चीनको वुहानमा रहेको वुहान युनिभर्सिटी अफ टेक्नोलोजी (डब्लूयूटी)बाट करोडौ डलर लिएर त्याहाँ प्रयोगशाला स्थापना गर्नका लागि राजी भएको उनीमाथि आरोप लगाइएको दस्तावेजमा उल्लेख गरिएको छ ।अमेरिकी सरकारी निकायले कार्यक्रममा उनको संलग्नतामाथि सोधेको थियो । लाइबरको वैध टोलीले नेचरका लागि प्रतिक्रिया दिन मानेन ।

अमेरिकाले युनिभर्सिटीहरुलाई विदेशी सम्बन्धको सम्बन्धमा कडाइ गरेपछिको समयमा यो पक्राउ गरिएको हो । विदेशी सरकारहरुले बौद्धिक सम्पत्ति चोरेको र अमेरिकी अनुसन्धानलाई प्रभावित पारेको त्रासका बीच उनलाई पक्राउ गरेको थियो । लाइबरका सहपाठी र पूर्व विद्यार्थीहरुले उच्च व्यक्तित्वलाई पक्राउ गरेकोमा आफूहरुलाई आघात पुगेको नेचरलाई बताएका छन् । लाइबर १९९१ देखि क्याम्ब्रिजमा रहेका हार्भर्ड विश्वविद्यालयका फ्याकल्टि सदस्य रहदै आएका छन् ।

“मैले हालसम्म जाने बुझे अनुसार चार्लि विशुद्ध वैज्ञानिक विद्वान हुन् । मलाई उनीप्रति सत प्रतिशत विश्वास छ । यो केस सम्हाल्दा केही गलत बुझाई भएको छ,” लाईबरका पूर्व विद्यार्थी सियाओचेङ जियाङले बताए । अर्का व्यक्ति जोसुवा सेन्सले यो घटनाबाट आपूmलाई आघात पुगेको बताए ।