काठमाण्डु – आज विश्व हात धुने दिवस । हाम्रो भविष्य हाम्रै हातमा छ अगाडि बढौँ भन्ने नाराका साथ मनाइँदैछ । दिवसका अवसरमा नेपालमा पनि विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूले सरसफाइ तथा स्वच्छता सम्बन्धी चेतनामूलक कार्यक्रम गर्दै आएका छन् ।हातको स्वच्छताले सम्पूर्ण शरीर नै स्वच्छ र स्वस्थ बनाउने भन्दै सन् २००८ देखि प्रत्येक अक्टोबर १५ मा यो दिवस मनाइन्छ ।
विश्वभर झण्डै ४० प्रतिशत मानिसमा हात धुने आधारभूत सुविधाबाट समेत वञ्चित रहेको अध्ययनहरूले देखाएका छन् । कोरोनाभाइरस (कोभिड–१९) जस्ता श्वासप्रश्वास सम्बन्धी भाइरस संक्रमितको सिँगान तथा खकारका साथै सूक्ष्म थोपाहरू आँखा, नाक वा घाँटीको माध्यमबाट हाम्रो शरीरमा प्रवेश गर्दछ ।
धेरै जसो अवस्थामा यस्तो संक्रमण हाम्रो हात मार्फत हुने गर्छ । एक व्यक्तिबाट अर्कोमा भाइरस सर्ने प्रमुख माध्यम नै हात हो । विश्वव्यापी महामारीको समयमा भाइरसको संक्रमण फैलिनबाट रोक्न नियमित ?पमा साबुन पानीले हात धुनु सबैभन्दा सस्तो, सजिलो र महत्वपूर्ण उपाय हो ।
हात धुने सही तरिकाका बारेमा जान्नुपर्ने कुराहरू ः
१) बगिरहेको पानीमा हात भिजाउने,
२) भिजेको हातमा मनग्गे साबुन लगाउने, कम्तिमा २० सेकेण्ड मिचिमिची हात धुनुपर्दछ ।
३) हत्केलाको पछाडि, औँलाको बीच, नङको भित्र लगायत हातका सबै भागमा कम्तिमा २० सेकेण्डसम्म राम्रोसँग मिच्ने,
४) बगिरहेको पानीले राम्ररी हात पखाल्ने,
५) सफा कपडा वा एकपटक मात्र प्रयोग गरिने तौलियाले हात सुकाउने ।
हात कुन कुन बेला धुने ?
. नाक सफा गरेपछि, खोकेपछि वा हाच्छ्युँ गरेपछि
. सार्वजनिक यातायात, बजार वा धार्मिक स्थलहरूजस्ता सार्वजनिक स्थानहरूमा गएर फर्केपछि
. नगद–पैसा लगायत घर बाहिरका अन्य वस्तु छोएपछि
. अस्वस्थ व्यक्तिको हेरचाह गर्नुभन्दा पहिला तथा गरिसकेपछि
. खाना खानुभन्दा अगाडि तथा खाईसकेपछि
. अन्य सामान्य समयमा पनि निम्न अवस्थामा हात धुनुपर्दछः
. शौचालयको प्रयोग गरिसकेपछि
. खाना खानुभन्दा अगाडि तथा खाइसकेपछि
. फोहोर मैला छोएपछि
. घरपालुवा वा अन्य जनावरहरूलाई छोएपछि
. बालबालिकाको डाईपर फेरेपछि वा उनीहरूलाई शौच कार्य गराइसकेपछि
. हात फोहोर भएको अवस्थामा




प्रतिक्रिया