तरुण दलका जिल्ला सदस्य पेस्तोल र खुँडासहित पक्राउ

तरुण दलका जिल्ला सदस्य पेस्तोल र खुँडासहित पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौै- नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका नेता पेस्तोल र खुँडासहित पक्राउ परेका छन्। तरुण दल नवलपरासी जिल्ला सदस्य किशोर आचार्यलाई प्रहरीले पेस्तोल र खुँडासहित बर्दघाटको टिसियन चोकबाट पक्राउ गरेको हो।

शंकाका आधारमा आचार्यमाथि खानतलासी गर्दा पेस्तोल र खुँडा फेला परेको जिल्ला प्रहरी कार्यालय, नवलपरासी पश्चिमका प्रहरी उपरीक्षक राजेन्द्र भट्ट जानकारी दिए। उलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। प्रहरीले पक्राउ परेका आचार्य माथि र खरखजनाअन्तर्गत मुद्दा चलाउने तयारी गरेको प्रहरी उपरीक्षक भट्टले जानकारी दिए।