काठमाण्डु- काठमाण्डुको तीनकुने गैरीगाउँस्थित दिव्य काठ मिलमा भएको चार जनाको हत्या घटनामा जनालाई पक्राउ पक्राउ परेका छन् ।
पक्राउ परेका मध्ये एक दीपेन्द्र राई घटनापछि आफैं प्रहरीकहाँ खबर गर्न पुगेका थिए। पक्राउ परेका अन्य तीन जनाको नाम प्रहरीले सार्वजनिक गरेको छैन।
उनीहरु सबै लागु औषधको दुर्व्यसनी रहेको प्रहरीले जानकारी दिएको छ । हत्या गर्नुअघि उनीहरु तीनकुनेकै एक स्नुकर हाउसमा भेट गरेका थिए। स्नुकर खेलेपछि उनीहरु मिल प्रवेश गरेका थिए।
शुक्रबार राति करिब १० बजे तीनकुनेस्थित दिव्य काठ मिलमा कार्यरत कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, आमा शुभद्रा भुजेल र नवीन राईको हत्या भएको थियो।




प्रतिक्रिया