गोली हानेर श्रीमतीको हत्या

गोली हानेर श्रीमतीको हत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-सर्लाहीको हरिपूर्वामा एक युवकले आफ्नै श्रीमतीलाई गोली हानी हत्या गरेका छन् । हरिपूर्वा नगरपालिका–५ हरिपूर्वाका धिरेन्द्र रायले आज बिहान आफ्नै श्रीमती २३ वर्षीया चित्ररेखा यादवलाई गोली हानी हत्या गरेका हुन् ।

राति सुतिरहेको बेला रायले श्रीमती चित्ररेखालाई गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए । चित्ररेखाको घटनास्थलमै मृत्यु भएको छ ।

पारिवारिक विवादका कारण घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए ।

रायले आफ्नो बुबा दिनेश यादवलाई पनि गोली प्रहार गरेका छन् । दिनेशको बाँया हातको गोली लागेको र अवस्था सामान्य छ । गोली प्रहार भएपछि घटनास्थलमा दौडिएर पुगेका बुबामाथि पनि रायले गोली प्रहार गरी भागेका छन् ।

वैदेशिक रोजगारीबाट एक महिना पहिले घर आएका यादवले आएदेखि नै घरको सबैलाई मार्छु भनि भन्दै हिँड्ने गरेका थिए । यादव राती केही व्यक्तिको समूहमा मोटरसाइकलमा आएर गोली हानी फेरि फरार भएको प्रहरीले जनाएको छ ।