सर्लाहीमा गोली प्रहार गरी हत्या

सर्लाहीमा गोली प्रहार गरी हत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्लाहीको हरिपुर्वा नगरपालिका–६ मा शुक्रबार राति अज्ञात समूहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ ।

प्रहरीका अनुसार हरिपुर्वा नगरपालिका–६ मा अज्ञात व्यक्तिहरूले गोली प्रहार गरी ४० वर्षीय रामपुकार यादवको हत्या गरेको हो । उनी शिक्षक हुन् ।

आफ्नै घर अगाडि बसी रहेको अवस्थामा अज्ञात समूहले गोली प्रहार गरेको स्थानीयले बताएको छ । मोटरसाइकलमा आएका दुई जनाको समूहले रायको टाउकोमा गोली प्रहार गरेको छ ।

उनलाई टाउकोमा गोली लागेको थियो। उनलाई उपचारको लागि जानकी हेल्थ केयर, पर्सा–महोत्तरी पठाइएको थियो।

अस्पतालमा डाक्टरको चेकजाँचपछि यादवलाई मृत घोषणा गरेका थिए । मृतकको शव सोही अस्पतालमा राखिएको छ।

अहिलेसम्म पनि गोली प्रहार गर्ने व्यक्तिको पहिचान हुन सकेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।