सिरहा – सिरहाको कर्जन्हा नगरपालिका–११ हटलेटवाका चन्देश्वर खेवार यादव श्रीमती हत्या आरोपमा पक्राउ परेका छन् । यादवले श्रीमती रितु देवीको हत्या गरेको प्रहरीले जनाएको छ ।
यादवले आवेगमा श्रीमतीको हत्या गरेको स्वीकारेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहा प्रवक्ता माधवराज खरेलका अनुसार दुई बीचको विवादका कारण हत्या भएको हो ।
रितुको जेठ ७ गते घरमै घाँटी थिचेर हत्या भएको हो । ९ वर्ष अघि विवाह भएका उनीहरुको ६ वर्षीया छोरी छन् ।




प्रतिक्रिया