३१ वर्षीय युवकले श्रीमतीको हत्या गरेपछि आफैमाथि चलाए गाेली

३१ वर्षीय युवकले श्रीमतीको हत्या गरेपछि आफैमाथि चलाए गाेली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-कैलाली गोदावरी नगरपालिका वडा नम्बर–४ अमलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगर र उनकी २८ वर्षीय श्रीमती संजिता मगरमाथि गोली प्रहार भएको छ ।

गोली प्रहारबाट २८ वर्षीया संजिता मगरको मृत्यु भएको छ, भने ३१ वर्षीय रामबहादुर मगर घाइते भएका छन् ।

बुधबार जङ्गलमा बाख्रा चराउन गएका बेला उनीहरूमाथि गोली प्रहार भएको थियो ।

प्रहरीले राम बहादुरले आफ्नी श्रीमतीमाथि भरुवा बन्दुकको गोली चलाएर आफूलाई पनि गोली हानेको हुन सक्ने अनुमान गरेको छ ।

अहिले घाइते अवस्थाका रहेका रामको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

घटनाबारे थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय माला खेतीका डिएसपी रण बहादुर चन्दले बताएका छन् ।