भारतमा तीन जना नेपालीको विभत्स हत्या, श्रीमती फरार

भारतमा तीन जना नेपालीको विभत्स हत्या, श्रीमती फरार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – भारतको पिथौरागढमा तीन नेपाली मजदूरको हत्या भएको छ । उनीहरुको कात्तिक ८ गते हत्या भएपनि आइतबार मात्रै थाहा भएको हो ।

पुरचौंडी नगरपालिका–५ दहतालीका ३६ वर्षीय हरे बोहरा र सोही स्थानका २७ वर्षीय बीरा बोहरा तथा पुर्चौंडी नगरपालिका–४ भटना तडीखेतका ३६ वर्षीय काशी बोहराको हत्या भएको जिल्ला समन्वय समितिका उपप्रमुख धनबहादुर बोहराले बताए । हरे र बीरा सहदोर भाइ हुन् ।

उनीहरुले पिथौरगढको सिलौलमड भन्ने ठाउँमा गएको डेढ वर्षयतादेखि मजदूरी गर्दै आइरहेका थिए । हरे बोहराकी श्रीमती किर्रा फरार रहेकीले यो घटनामा उनको संलग्नता हुनसक्ने आशङ्का गरिएको उपप्रमुख बोहराले बताएका छन् । शवलाई पिथौरागढ जिल्ला अस्पतालमा राखिएको छ ।

बीरा केही महीना अघि मात्रै दाजुभाउजूलाई भेट्न पिथौरागढ गएकामा उनी पनि उतै मजदूरी गर्दै आएका थिए । हत्या कसले गरेको हो भन्नेबारे खुल्न सकेको छैन ।