पाँचथर – पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ आरुबोटेमा ९ जनाको विभत्स हत्यामा ज्वाइँ पर्ने मानबहादुर माखिमकै संलग्नता रहेको हुनसक्ने प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ ।
झुण्डिएको अवस्थामा फेला परेका मानबहादुर धनराज शेर्माका साढुभाइ र बमबहादुर फियाकका ज्वाइँ हुन् । घटनास्थलमा रहेका एक प्रहरीले भने, ‘मानबहादुरको श्रीमतीका दाजुभाइ रहेनछन् ।
उनकी श्रीमतीले मानबहादुरलाई घर ज्वाइँ बस्न आग्रह गरेकी रहिछन् । कुरा नमिलेपछि डिभोर्सको प्रक्रियामासमेतमा पुगेका रहेछन् । मानबहादुर २ वर्ष विदेश बसेर आएका हरेछन् । त्यसपछि श्रीमान–श्रीमतीबीच सम्बन्ध नराम्रो भएका कारण घरमै बसेका रहेछ्न् । ’
९ जनाको हत्या भएको घटनामा संलग्न रहेको भनी आशंका गरिएका माखिम घरभन्दा झण्डै दुई घण्टाको पैदल दूरीमा पर्ने लिम्बा गाउँमा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
प्रहरीका विभिन्न निकायले घटनाको अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जानकारी दिए । आक्रमणबाट भागेर बाँच्न सफल भएकी १२ वर्षीया बालिका सीता खुजुमले मुकुण्डो लगाएको व्यक्तिले खुकरी प्रहार गरी हत्या गरेको प्रहरीलाई बताएको पोखरेलले जानकारी दिए ।




प्रतिक्रिया