यी निर्दयी बाबु, जसले पैसाको लोभमा ४ वर्षिया छोरीको हत्या गरे

यी निर्दयी बाबु, जसले पैसाको लोभमा ४ वर्षिया छोरीको हत्या गरे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट – बिमा रकम पाउनका लागि बाबुले आफ्नै ४ वर्षीया छोरी लक्ष्मी कुमारी यादवको हत्या गरेका छन् ।

मौलापुर नगरपालिका ६ पथरास्थित बुधराम घर भएका ३९ बर्षीय राम किसोर राय यादवलाई बुधबार साँझ गौरबाट प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै घरमा आमासँग सुतिरहेकी लक्ष्मी कुमारी मंगलबार बिहान बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा स्थानीय फगुनी राय यादवको माछापोखरीमा बालिकाको शव फेला पारेको थियो ।

घटना शंकास्पद भएकोले जिल्ला प्रहरी कार्यालयबाट खटिएको अनुसन्धान टोलीले अनुसन्धानका क्रममा मृतकको बाबु नै शंकास्पद देखिएपछि उनलाई पक्राउ गरी सोधपुछ गर्दा निदाइरहेकी छोरीलाई रातको समयमा आफैले काँधमा बोकी पोखरीको डिलसम्म पुर्या एको र नाक, मुख थुनेर हत्या गरे पश्चात् शव पोखरीमा फालेको उनले स्वीकार गरेका छन् ।

आर्थिक समस्याको कारण बिमा रकमको लोभमा हत्या नै गर्ने योजना बनाई पहिले ३० लाखको बिमा गराउन चाहेको तर सम्भव नभएपछि २०७६ जेठ १९ गते मृतक बालिकाको नाममा प्रभु लाईफ इन्सुरेन्स लिमिटेड गरुडा, उपशाखाबाट २५ लाख रुपैयाँको जीवन बिमा गरेको र सोही रकम प्राप्त गर्न छोरीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

अभियुक्त राम किसोरले २०५८ सालदेखि २०६१ सालसम्म विभिन्न अभियोगमा ३ वर्ष जेल सजाय भुक्तान गरिसकेको समेत खुल्न आएको छ ।

राम किसोरलाई ज्यान सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।