गहना लुट्न बियरमा लठ्याउने औषधि मिसाएर महिलाको हत्या, ५ जना पक्राउ

गहना लुट्न बियरमा लठ्याउने औषधि मिसाएर महिलाको हत्या, ५ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले काठमाडौंस्थित कपनकी एक ५५ वर्षीया महिलाको हत्यामा संलग्न पाँच जनालाई पक्राउ गरेको छ । असोज १ गते बिहान कपनको तेन्जिङ चोकनजिकैको घरमा कमला कार्कीको शव भेटिएपछि प्रहरीले अनुसन्धान थालएको थियो ।

कार्कीको हत्यामा संलग्न मकवानपुर घर भएका सोमलाल थिङ, ओखलढुंगाका पासाङ तामाङ, रौतहटकी पासाङ तामाङ, ओखलढुंगाका पासाङ शेर्पा र रामकृष्ण कार्कीलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

परिसरका अनुसार उनलाई नशालु पदार्थ सेवन गराएर सुनको गहना र रकम लुटेको पाइएको छ । बिएरमा लठ्याउने औषधि मिसाएर खुवाइएको अनुसन्धानमा खुलेको र सुनका गहना लुट्नका लागि नै उनको हत्या गरिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

कमलाले बिगत केही समय अघी देखी त्यहा किराना पसलसङ्गै रक्सी पसल संचालन गर्थिन र हत्यामा सलग्न पहिलेदेखी नै चीनजानका रहेको खुलेको छ । कमलाको साथमा रहेका चार वटा सुनका औंठी र ४५ हजार रुपैयाँ लुटेको प्रहरीले जनाएको छ ।