ससुराको हत्या गर्ने बुहारी पक्राउ

ससुराको हत्या गर्ने बुहारी पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले आफ्नै ससुराको हत्या अभियोगमा बुहारीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख एवम् डिएसपी सन्तोषकुमार भट्टराईका अनुसार मन्थली नगरपालिका वडा नम्बर १२, जिङ्गल बस्ने ६५ वर्षीय डिकबहादुर अछामी सार्कीको हत्या अभियोगमा कान्छी बुहारी पार्वती अछामीलाई पक्राउ गरिएको हो ।

बुहारीले ससुराको हत्या के कारणले गरेकी हुन् सो विषयमा रामेछाप प्रहरीले अनुसन्धान शुरू गरेको छ । सार्कीकी कान्छी बुहारी पार्वती अछामीले दाउराको चिरपटले हानेर हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।