हत्या आशंकामा एकै परिवारका तीन जना पक्राउ

हत्या आशंकामा एकै परिवारका तीन जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – चन्द्रप्रसाद आचार्यको हत्या आशंकामा एकै परिवारका तीन जना पक्राउ परेका छन् । आचार्य गएको फागुन १८ गते राति मृत फेला परेका थिए ।

कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतले मंगलबार उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर–६ बुद्धपथमा होटल सञ्चालन गर्दै आएका नन्दकला विष्ट, उनका श्रीमान् कृष्ण विष्ट र छोरी बिन्दु विष्ट रहेका प्रहरीले जनाएको छ ।

वीरेन्द्रनगर–६ मा पसल गर्दै आएका आचार्यको शव फागुन १८ गते राति १० बजे वीरेन्द्रनगर ६ बुद्धपथमा भेटिएको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा विष्ट परिवारले हत्या गरेको आंशकामा पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय कर्णालीका प्रमुख प्रहरी नायव महानिरीक्षक महेशविक्रम शाहले जानकारी दिए ।