आफ्नै दाजुको गोली हानी हत्या, भाई पक्राउ

आफ्नै दाजुको गोली हानी हत्या, भाई पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – आफ्नै ४८ वर्षीय दाजुलाई गोली हानी हत्या गरेको अभियोगमा भाई पक्राउ परेका छन् ।

जिराभवानीपुर गाउँपालिका–१ बलुवा बस्ने दाजु शेष फारुकलाई ३८ वर्षीय भाई शेख सेरामुद्धिनले बिहीबार राति
गोली हानी हत्या गरेका थिए ।

उनले आफ्नै दाजु फारुकलाई घरायसी विवादको कारण कटुवा पेस्तोलले गोली प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी महादेवपट्टीबाट खटिएको प्रहरीले सेरामुद्धिनलाई कटुवा पेस्तोल १ थान, गोली ३ राउण्ड र खोका १ थान सहित फेला पारी पक्राउ गरेको हो ।

गोली प्रहारबाट गम्भीर घाइते भएका शेष फारुकलाई उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज हुँदै नेशनल मेडिकल कलेज वीरगंज लगिएकोमा थप उपचारको लागि शिक्षण अस्पतालमा महाराजगंज काठमाडौंतर्फ लैजाने क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।