काठमाडौं – पाँचथरको मिक्लाजुङ गाउँपालिका आरुबोटेमा २ परिवारका नौ जनाको विभत्स हत्या भएसँगै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली घटनास्थल प्रस्थान गरेको छ ।
प्रहरीको केन्द्रीय प्रवक्ता (डीआईजी)विश्वराज पोखरेलका अनसार घटनाको अनुसन्धानको लागि एसपी उमाप्रसाद चतुर्वेदी नेतृत्वको टोली घटनास्थलतर्फ प्रस्थान गरेको हो ।
अज्ञात समूहले बमबहादुर फियाक र धनराज शेर्मा परिवारका ९ जनाको विभत्स हत्या गरेको हो । उनीहरु नाताले ज्वाइँ–ससुरा हुन् ।
अज्ञात समूहको आक्रमणबाट भागेर बाँच्न सफल भएकी १२ वर्षीया सीता खुजुमका अनुसार मकुन्डोधारी समूहले गएराती १२ बजेभन्दा अघि नै हत्या गरेको प्रहरी समक्ष बयान दिएकी छन् ।




प्रतिक्रिया