हावाहुरीले चनुकाँडा आधारभूत विद्यालयमा क्षति

हावाहुरीले चनुकाँडा आधारभूत विद्यालयमा क्षति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- डोटीको बोगटान फुड्सिल गाउँपालिका ७ चनुकाँडामा बुधबार राति आएको हावाहुरीसहितको असिनापानीले ठूलो भौतिक क्षति पुर्‍याएको छ। स्थानीयका अनुसार हावाहुरीका कारण एक विद्यालय भवनसहित दर्जनौं घरमा क्षति पुगेको छ।

हावाहुरीले चनुकाँडा आधारभूत विद्यालयका दुई वटा भवनको छाना उडाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेश बमले जानकारी दिए। उनका अनुसार प्रशासनिक कक्ष रहेको भवन तथा कम्प्युटर कक्ष रहेको भवनको छाना पूर्ण रूपमा उडेको हो।

अध्यक्ष बमले प्रशासनिक भवनको छाना उड्दा विद्यालयका महत्त्वपूर्ण कागजातमा क्षति पुग्दा किताब नष्ट भएको साथै कम्प्युटर, प्रिन्टर तथा फर्निचरमा पनि क्षति पुगेको बताए ।

गाउँका अधिकांश घरमा समेत क्षति पुगेको स्थानीयले बताएका छन्। टिनले छाएका धेरै घरका छाना उडेको तथा खर र पत्थरले छाएका घरहरू पनि प्रभावित भएको जनाइएको छ।

छाना उडेपछि परेको असिनापानीले थप क्षति पुर्‍याएको स्थानीयको भनाइ छ। घटनाबाट ठूलो भौतिक क्षति भए पनि मानवीय क्षति भने नभएको बताइएको छ।