हवाई इन्धन दोब्बरले बढ्यो, नयाँ मूल्य समायोजन भए सिलिण्डर १९० रुपैयाँ महङ्गो हुने

हवाई इन्धन दोब्बरले बढ्यो, नयाँ मूल्य समायोजन भए सिलिण्डर १९० रुपैयाँ महङ्गो हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ । निगमले मंगलबार आन्तरिक र अन्तर्राष्ट्रिय दुवै तर्फको उडानमा झन्डै दोब्बर बढ्नेगरी मूल्य समायोजन गरेको हो ।

यो सँगै हवाई इन्धनको मूल्य आन्तरिकतर्फ साविक १२७ प्रतिलिटर रहेकामा २५१ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ भने अन्तर्राष्ट्रिय उडानतर्फ काठमाण्डुमा यसअघि प्रति किलोलिटर ९६६ अमेरिकी डलर रहेकामा १ हजार ७८५ डलर पुर्‍याइएको छ ।

यता निगमले इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलको मूल्य भारी बृद्धि भएको आएको जनाएको छ ।

भारतबार पेट्रोल ४१ .६०, डिजलमा प्रति लिटर ९४.९३ तथा हवाई इन्धनमा प्रति लिटर १२३.८ र एल.पि. ग्यासमा प्रति सिलिण्डर १९०.३६ रुपैयाँले वृद्धि भएर आएको हो । पछिल्लो पटक निगमले मार्च २५ २०२६ मा बिक्री मूल्यमा पेट्रोलमा प्रति लिटर १५ र डिजलमा प्रति लिटर १५ मात्र समायोजन गरेको थियो ।

मध्यपूर्वमा जारी रहेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धि भइरहेको निगमले जनाएको छ। निगमले युद्धका कारण पेट्रोलियम पदार्थको अन्तराष्ट्रिय बजारमूल्य वृद्धि भई इण्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्य अनुसार स्वचालित मूल्य प्रणाली बमोजिम मूल्य समायोजन हुन नसकेको बताएको छ ।

यसले गर्दा निगमलाई १५ दिन (१६ मार्च देखि ३१ मार्च सम्म) मा ५ अर्व घाटा यथावत रहेको छ ।अर्को मूल्य समायोजन नहुदाँ सम्मका लागि पेट्रोल, डिजेलरमट्टितेल र एल. पि. ग्यासको साबिक खुद्रा मूल्यलाई नै यथावत राखिएको निगमले जनाएको छ ।