हवाई सम्झौता ३९ देशसँग, उडान सात देशमा मात्रै

हवाई सम्झौता ३९ देशसँग, उडान सात देशमा मात्रै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल र जापानबीच भएको द्विपक्षीय हवाई सेवा सम्झौता सन् २०१८ मा पुनरावलोकन गर्दा जापानको ओसाका बाहेकका विमानस्थलमा नेपालले उडान गर्ने सम्झौतामा हस्ताक्षर हुन बाँकी थियो।

ओसाका बाहेकका विमानस्थलमा पनि उडान गर्न बुधबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका जापानी समकक्षी तारो कोनो नेतृत्वको प्रतिनिधिमण्डलबीच हवाई सेवा सम्झौताको पुनरावलोकन गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भयो। योसँगै अब नेपालले जापानको हानेडाबाहेक सबै विमानस्थलमा उडान गर्न पाउँछ ।

त्यसो त नेपालले अहिलेसम्म ३९ वटा देशसँग द्विपक्षीय हवाई सम्झौता गरिसकेको छ। तर, नेपालका वायुसेवा कम्पनीले सातवटा गन्तब्यमा मात्रै उडान गर्दै आएका छन्। राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले अहिले भारत, कतार, युएई, थाइल्याण्ड, हङकङ, मलेसियामा उडान गरिरहेको छ। यीबाहेक निजी क्षेत्रको हिमालय एयरलाइन्सले साउदी अरबमा उडान गर्दै अएको छ। यो खबर आजको नागरिक दैनिकमा छ ।