काठमाण्डु– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हवाई सुरक्षाका विषयमा समग्र प्रणालीमाथि नै अध्ययन गर्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बिहीबार बसेको बैठकले समग्र प्रणालीमाथि नै अध्ययन गर्नुपर्ने निष्कर्षमा पुगेको उनको भनाइ छ ।
उनले हवाई दुर्घटनाबारे नीतिगत, कानुनी, प्राविधिक, जनशक्ति, हवाई क्षेत्रमा अनुगमन र नियमनको पाटोसमेत हेर्नुपर्ने बताए ।
विगतमा पनि अनुसन्धान हुने, प्रतिवेदन बुझाउने तर दुर्घटना भइरहने समस्या अन्त्य गर्नुपर्ने उनले बताए ।




प्रतिक्रिया