अफताब आलम प्रकरणः इँटाभट्टाका हेडमिस्त्री पक्राउ

अफताब आलम प्रकरणः इँटाभट्टाका हेडमिस्त्री पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कठमाण्डु – १३ वर्षअघि नेपाली कांग्रेसका नेता अफताब आलमले डेढ दर्जनलाई जिउँदै जलाएको भनिएको इँटा भट्टाका हेडमिस्त्री पक्राउ परेका छन् ।

बाराको सिम्रोनगढ नगरपालिका–४ का ५५ वर्षीय बर्दी सहनीलाई प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको टोलीले भारतको सीमावर्ती रौतहटको बौधीमाई नगरपालिका–७ बड्की बंगुल एरियाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

अफताव आलम र महताब आलमको निर्देशनमा २०६४ सालमा त्रिलोकप्रताप राजपुतसमेतलाई इँटाभट्टामा जिउँदै जलाइएको थियो। पहिलो संविधानसभा निर्वाचनको चुनावलाई लक्षित गरी २०६४ साल चैत २७ गते रौतहट साबिक फरदहवा गाविस-४ का शेख इद्रिसको गोठमा बम विस्फोट गराइएको थियो। सो विस्फोटमा तीन जनाको मृत्यु र करिब १६ जना घाइते भएका थिए।

ती घाइतेलाई नजिकैको इँटाभट्टामा लगेर जिउँदै जलाइएको थियो। सो घटनामा अफताव पुर्पक्षका लागि कारागार चलान भएका छन्। सोही घटनामा मारिएको भनिएका युवकको बाबु श्रीनारायण सिंह राजपुतको जाहेरीमा सहनी पनि अभियुक्त किटान गरिएको थियो ।

पक्राउ परेका सहनीले आलमको निर्देशनमा आफूले मृत्यु भएका २–३ जना र घाइते भएका १६ जनालाई ट्याक्टरमा लिएर इँटा भट्टाको मुग्रोमा हालेको स्वीकार गरेको प्रदेश प्रहरी प्रमुख धिरजप्रताप सिंहले बताए ।