काठमाण्डु- मकवानपुरको हेटौंडामा दुई जना डाक्टर कुटिएको विषयमा स्वास्थ्यकर्मीहरुले देशभर आन्दोलन थालेका छन्। देशभरका स्वास्थ्यकर्मीले आइतबार देशभर स्वास्थ्य संस्था बन्द गरेपछि सरकारले वार्ताबाट समस्याको समाधान खोज्नुपर्ने जनाएको हो।
अस्पताल तथा क्लिनिकमा आकस्मिकबाहेक सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार विज्ञप्ति निकालेर वार्तामा बस्न तयार रहेको जनाएको छ ।
नेपाल चिकित्सक संघको तर्फबाट पेशागत हकहित र सुरक्षाबारेका विषयवस्तुलाई तत्काल सम्बोधनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री भदौ २९ को निर्णयले अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव रहने गरी पाँच सदस्यीय वार्ता समिति गठन भइसकेको छ ।
‘वार्ताका लागि आव्हान भइसकेकाले नेपाल चिकित्सक संघका आधिकारिक प्रतिनिधिसँग यही आइतबार वार्ता हुने कार्यक्रम छ। छलफलवाट विवादको समाधानको पहल भइरहेको छ।’, मन्त्रालयका सहसचिव तुलसीनाथ गौतमले भनेका छन् ।
गत बुधबार हेटौंडाको सञ्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीका आफन्तहरूबाट भएको कुटपिटको घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न माग गरेको थियो ।





प्रतिक्रिया